मायादेवी अनलाइन, तौलिहवा ।
बितेका एघार महिनामा कपिलवस्तुमा ७६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ७६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मोहन मणि अधिकारीले बताए ।
यीमध्ये २ मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । पक्राउ परेका मध्ये सबैभन्दा बढि ५११.५४८ ग्राम ब्राउन सुगरसहित ६५ जना, ३५० ट्यावलेट नाइट्राभेटसहित १२ जना, ४५ किलो ३२५.४२० ग्राम गाजासहित ७ जना, १७.२४५ किलो चरेससहित ६जना, १३६९९ क्यापसुल ट्रमाडोल, ५५ क्याप्सुल स्पास्मो र फेनारामाइन इन्जेक्सन ३ एम्पुलसहित २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै जेठमा मात्र लागु औषध सहित ६ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया