२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

अविरल वर्षाले छाप्रो भत्किँदा कपिलवस्तुमा एकको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा अविरल वर्षाका कारण छाप्रो भत्किँदा एक जनाको मृत्यु भएको छ।

विजयनगर गाउँपालिका–३ जगदीशपुरमा आफूले सञ्चालन गर्दै आएको चिया पसलमा सुतिरहेको अवस्थामा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको छाप्रोले पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, घटना सोमबार बिहान करिब ५ बजेतिर भएको हो। प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले रातभरिको अविरल वर्षाले कच्ची छाप्रोको खरको छानो गलेर भत्किएको र सुतिरहेका काफ्लेलाई पुरेको जानकारी दिए।

स्थानीयका अनुसार कमजोर बनेको छाप्रो अचानक खसेको थियो।

उनको शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पतालमा लगिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२ सोमबार ००:००  १० : ०० बजे