२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

चालु आवमा शत प्रतिशत विकासको काम गरेँः वडाध्यक्ष चौधरी



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले चालु आव २०८१-०८२ मा विनियोजित बजेट मध्ये एक सय प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।

बार्षिक कार्यक्रम अन्तर्गत वडामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगति विवरण पेश गर्दै वडाध्यक्ष चौधरीले उक्त कुरा उल्लेख गरेका हुन् ।

समृद्ध वडा बनाउनका लागि वडातहबाट मात्र सम्भव नहुने बताउँदै उनले नगरपालिका, प्रदेश र संघीय सरकारबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए । यो बर्ष विभिन्न शिर्षकमा प्रदेश र संघबाट बजेट वडामा आएको बताए ।

वडामा खानेपानी, पूर्वाधार तथा सामाजिक विकासमा उल्लेख्य काम भएको बताउँदै उनले अझपनि गर्नुपर्ने थुप्रै काम भएको जनाए ।

चुनावताका बोलेका प्रतिवद्धता आफ्नो ५ बर्षे कार्यकालभरी सम्पन्न गर्ने भन्दै उनले विकासमा सबैको सहकार्य जरुरी रहेको औल्याए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव अशोक चौधरीले वडाले गरेको कामहरुकोबारे जानकारी दिएका थिए ।

मायादेवी मिडिया गु्रप प्रालिको आयोजना र वडा नं. ११ को सहयोगमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा विभिन्न विषयमाथि वडाबासीले आफ्नो जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको मायादेवी अनलाइनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रकाशित मिति : १७ असार २०८२ मंगलबार ००:००  ९ : ३८ बजे