२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

८ बर्षमा महाराजगंजमा विकासका धेरै काम भएका छन्ः सांसद आचार्य



कपिलवस्तु ।

पृर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले ८ बर्षमा महारागंज नगरपालिकामा विकासमा धेरै काम भएको बताएका छन । उनले बिगतमा पक्की सडक नहुदा हिड्न समेत गाह्रो हुने गरेका स्मरण गर्दै अहिले भने यो पालिकाको गाँउ गाँउमा पक्की र ग्राभेल सडक पुगेकाले धेरै सुबिधा भएको बताए ।

महाराजगंज नगरपालिको १७ औ नगर सभामा सम्बोधन गर्दै उनले विकासमा पछि परेको महाराजगंजमा अहिले धेरै विकास देखिएको बताए । उनले सडक बिस्तार र निर्माणमा ८ बर्षमा धेरै काम भएको आफुले अनुभव गरेको बताए ।
बिगतमा आफनो पनि यही क्षेत्र रहेको भन्दै अहिले बिकासले गति लिएको उनको भनाई छ । पुर्वाधार तर्फ बिद्यालय निर्माण, अस्पतल बर्थिङ सेन्टर निर्माण लगायतको काम भएको बताए । उनले अझै पनि महराजगंजमा विकासको खाचो रहेको बताए ।
उनले नदी कटानको समस्या समाधानका लागि भारतीय सरकारको सहयोमगमा बाणगंगामा नदी नियन्त्रणको काम सुरु हुन नसकेको प्रति दुःख ब्यक्त गर्दै भारतीय सरकारलाई चाडो काम सुरु आग्रह गरे ।
हदौैना कजरहवा, खोरिया अकबरपुर सहीत बाणगगां नदी कटान नियन्त्रणमा आफुले सक्दो पहल गर्ने उनले बताए । सो अवसरमा मेयर अब्दुल कलाम खाँले महाराजगंज गरपालिकालाई किचडमुक्त बनाउने आफनो महाअभियान अझै जारी रहेको बताए ।
उनले सडक सहित बिद्यालयको पुर्वाधार र शिक्षा अस्पताल निर्माण बर्थिङ सेन्टर लगायतमा जोड सकेको दिएको बताए । उनले १५ बेडको अस्पताल निर्माण भइ सकेको र अब संचालनको तयारी गरिएको बताए । उनले ८ बर्षको अवधिमा आफनो बलबुताले भ्याय सम्म विकास र जनताको सुख दुखमा काम गरेको बताए ।
नगरपालिका मध्ये सबै भन्दा कम आन्तरिक आय भएको पालिका हुँदा समेत आफुले विकास निर्माणमा कुनै कसर नछाडेको बताए । सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र रेग्मीले पालिकालाई अघि बढाउन वडा र जनताले समेत साथ दिनु पर्ने बताए ।
उनले नगरलाई बनाउन सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा संचारकर्मी दिपा महतलाई स्वगीर्य सुभावति कुर्मी स्मुति पत्रारिकता पुरस्कारले सम्मानित गरिएको थियो ।

मेयर कलाम उप मेयर रिता कुमारी कुर्मी र प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र रेग्मीले कदर पत्र प्रदान गरेका थिए । यस्तै एसीईईमा उत्कृष्ठ जिपिए ल्याएका ३ बिद्यार्थीलाई नगद र प्रंशंसा पत्रले सम्मानित गरिएको थियो । साधना कुर्मी, सोनु ठाकुर र सुनील कुर्मीलाई सम्मानित गरिएको थियो । यस्तै नगरपाकिलाका योजना तथा प्रशासन शाखा प्रमुख निरंजन पौडेल, बुजशे यादव लगायतका नगरपालिकामा काम गर्ने आधा दर्जन कर्मचारीलाई समेत सम्मानित गरिएको थियो ।

सो अवसरमा ११ वटै वडाका अध्यक्षले वडामा बिनियोजन गरेको बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए । वडालाई ई ७० लाखको सिलिङ दिइएको छ । यस अघि नै गत असार १० गते महराजगंजको आगामी आर्थिक बर्षको बजेट १ अर्व ९ करोड २७ लाखको बजेट ल्याई सकेको छ ।

प्रकाशित मिति : १८ असार २०८२ बुधबार ००:००  ९ : ५० बजे