२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

बुद्धभूमि ५ का एक सय ७२ जनालाई स्प्रे टंकी वितरण



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले १ सय ७२ जनालाई स्प्रे टंकी वितरण गरेको छ । वडाले एक घर एक स्प्रे टंकी वितरण कार्यक्रम अन्तरगत बुधबार १ सय ७२ परिवारलाई स्प्रे टंकी प्रदान गरेको वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीले बताए । उनले स्प्रे टंकीले कृषकलाई सहज सुबिधा मिल्ने बताए । वडाका प्रत्येक घर परिवारलाई टंकी वितरण गरिनै भन्दै अहिले छुटेका घर परिवारलाई आगामी दिनमा समेटने बताए ।

प्रकाशित मिति : १८ असार २०८२ बुधबार ००:००  १० : ०७ बजे