१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

शिवराजको नगर कार्यपालिका बैठक: गत आवको समिक्षा



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तु शिवराज नगरपालिकाको नगर कार्यपालिका बैठक मंगलवार बसेको छ ।

बैठकले गत आव ०८१/०८२ को बार्षिक समिक्षा गरेको छ । समिक्षामा गत आवका अधिकांश बिकास निर्माणको काम सन्तोषजनक भएको निष्कर्ष निकालिएको छ ।

साथै चालू बर्षमा बिगतको कामको सिकाईलाई लिएर अगाडि बढ्नुपर्ने समिक्षा गरिएको छ ।

साथै बैठकले आव ०८२/०८३ को जिल्ला दररेट अनुमोदन गरिएको छ भने शाखा अन्तर्गतका अन्य दररेटलाई स्वीकृत गरिएको छ ।

करार र ज्यालादारी कर्मचारीको म्याद थप गरेको बैठकले सिमरी सुवरबरवा बेलनदी झोलुंगे पुल निर्माण योजनाको उपभोक्ता समिति र परामर्शदाताको म्याद थप भएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख अजय थापाले चालू आवमा तोकिएका बिकास निर्माणका कामलाई समयमै सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२ मंगलबार ००:००  १२ : ३५ बजे