१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

शिवराजको भौतिक प्रगति ९० प्रतिशत बढी



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाले गत आव ०८१/०८२ मा ९० प्रतिशत बढी भौतिक प्रगति गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकाका आर्थिक शाखाका प्रमुख रामचन्द्र मरासिनीले उक्त विवरण पेश गर्नु भएको हो ।

बैठकमा मरासिनीले गत आवमा आन्तरिक आय रु ८ करोड उठाउने लक्ष्य लिइएको भएकोमा त्यो लक्ष्य हासिल गरेर रु ८ करोड १४ लाख राजस्व संकलन भएको बताए ।

नगरपालिकाले हालसम्मको ४२ प्रतिशत बेरुजु फर्यौट गरेको पनि उनले जनाए ।

बैठकमा गत आव ०८१/०८२ को नगरका सबै शाखा प्रमुखले प्रगति विवरण पेश गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२ मंगलबार ००:००  ७ : ३४ बजे