दिपा महत, तौलिहवा ।
कपिलवस्तुलाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ । मङ्गलबार जिल्ला विपद ब्यवस्थापन समितीको बैठकमा उपस्थित सरोकारवालाले लामो समयसम्म खडेरी पर्दा जिल्लाका सबै किसानले धान रोप्न नपाएको र रोपेको केही धान पनि पानी नपर्दा क्षतीभएको भन्दै जिल्लालाई सुख्खाग्रस्त घोषणा गर्न माग गरेका हुन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षण अधिकृत सत्यराम हरिजनले कपिलवस्तुमा अहिलेसम्म ९० प्रतिशत रोपाइ भएको भन्दै जिल्लाको कृष्णनगर र महाराजगंज नगरपालिकामा पर्याप्त सिंचाई हुन नसक्दा रोपाई हुन नसकेको बताउनुभयो ।
साथै यस अघि भएका रोपाई समेत सिंचाई सुबिधा नहुँदा सुख्खाग्रस्त बन्दै गएकोले रोपाई भएको २५ देखि ३० प्रतिशत धानबाली ह्रास आउन सक्ने प्रक्षेपण गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले कृषि ज्ञान केन्द्रको तथ्यांक र सरोकारवालाबाट आएको सुझाव अनुरुप कपिलवस्तुलाई सुख्खाका कारण विपद संकटग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज उपलब्ध गराउन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गर्ने बताउनुभयो । साथै बैठकले जिल्लामा रोपाई हुन बाकि क्षेत्रमा रोपाई गर्न र रोपाई भैसकेका क्षेत्रमा सिंचाई उपलब्ध गराउन स्थानीय तह, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बाणगंगा सिंचाई ब्यवस्थापन कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम लगाएतसंग समन्वय गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङले कपिलवस्तुमा सम्भावित जोखिम पहिचान, पूर्व तयारी र प्रतिकार्य सुनिश्चत गर्ने उद्देश्यले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना२०८२ को अध्यावधिक मस्यौदा १० दिन भित्र तयार गरिने बताउनुभयो । त्यसका लागि कार्यदल गठन गर्ने र कार्यदलबाट पर्याप्त मस्यौदा जिल्ला विपद ब्यवस्थापन समितीका पदाधिकारी र सरोकारवालाहरु संग परामर्स गरी प्रमाणीत गरिने बताउनुभयो ।
बैठकमा सरोकारवालाले किसानले पर्याप्त मात्रामा मल खाद नपाएको भन्दै यसको सहजीकरण गरिदिन आग्रह गरेका थिए । प्रजिअ तामाङको अध्यक्षतामा भएको बैठकमा वाणगंगामा मेयर चक्रपाणीअर्याल, बुद्धभूमिका केशव कुमार श्रेष्ठ, कपिलवस्तुका सुदिप पौडेल, महाराजगंजका अब्दुल कलाम, कृष्णनगरका रजत प्रताप शाह, जिससका जर्नादन अधिकारी, प्रहरी उपरिक्षक निरन्जन दत्त भट्ट, सशत्र प्रहरी उपरिक्षक विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।







प्रतिक्रिया