चन्द्राैटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले तीज मनाउन अर्घाखाँचीको नरपानी गएको प्रचार भ्रामक रहेको जनाएको छ । नगर प्रमुख अजय थापाले एक बिज्ञप्ति जारी गर्दै केही अनलाइन मिडियामा शिवराज नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी तीज मनाउन नरपानी गए भनेर भ्रम छर्ने प्रयास भएको उल्लेख गरेका छन् ।
नगर प्रमुख थापाले भनेका छन्-‘ शिवराजको टोली दर खान नरपानीमा, मेयरदेखि अन्तर्राष्ट्रिय संस्था विवादमा भन्ने शिर्षकको समाचार भ्रामक, आधारहीन र मनगणन्ते समाचार सम्प्रेषण गरेको प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बिज्ञप्तिमा जनाइए अनुसार एक अन्तर्राष्ट्रिय संस्थाको दुई दिने कार्यशाला गोष्ठीको लागि नरपानी पुगिएको हो । उक्त कार्यक्रमले नगरपालिकाको हितमा र समुदायको विकासमा सहकार्य रहेको स्पष्ट पारेको छ । विकासमा अवरोध गर्ने खालका गतिविधी समाचार सम्प्रेषण नगर्न विज्ञप्ती मार्फत सचेत गराइएको छ । समाचारमा व्यक्तिगत प्रतिशोध साध्न खोजिएको र सिङ्गो नगरलाई बदनाम गर्न खोजिएको भन्दै नगर प्रमुख थापाले उल्लेख गरेका छन् ।








प्रतिक्रिया