१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

रामघाटमा बेपत्ता किशोरको शव फेला



कपिलवस्तु ।
कपिलवस्तुको रामघाट नदीमा बेपत्ता किशोरको शब भेटिएको छ ।

सोमबार दिउँसो भैंसी चराउन रामघाट गएका बेला बेपत्ता भएका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय मोहन चौहानको शव मङ्गलबार बिहान फेला परेको हो । रामघाटको हनुमान मूर्ति नजिकै नदी भित्रै शब सुरक्षाकर्मीको उद्धार टोलीले फेला परेको प्रहरी नायब उपरीक्षक रुपेन्द्र कुमार सिंहले बताउनुभयो । सबलाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल पठाउने तयारी गरिएको छ।

प्रकाशित मिति : १० भदौ २०८२ मंगलबार ००:००  ९ : ०१ बजे