१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

हिमाली बचत तथा ऋण सहकारीको १८औं बार्षिक साधारण सभा सम्पन्न



सरिता थारु, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नं. ५ कोपवा स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औं बार्षिक साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी संस्थाका शेयर सदस्य तथा समाजसेवी अब्दुल रासिद खांले बोल्दै समाजलाई अगाडी बढाउन समाजका अगुवा बुद्धिजिवी नै लाग्नुपर्ने बताउनु भयो ।

यस्तै विशिष्ट अतिथी बाणगंगा नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष एवं सहकारीका सस्थापक अध्यक्ष दुनिका भुषालले सहकारीका शेयर सदस्यहरुमा छिटो भन्दा छिटो तरिकाले ऋण प्रवाह गरिरहेको बताउनु भयो । उहाले नेतृत्व गर्ने व्यक्तिको नभई समग्र शेयर सदस्यहरुको सहकारी भएको बताउनुभयो । साथै उँहाले सदस्यहरुलाई आफुले गरेको बचतको रकम सहि रुपमा सदुपयोग भएको छ कि छैन भनि खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।

यसैगरी कपिलबस्तु नगरपालिका वडा नंं १० का वडा अध्यक्ष मोहनलाल शर्माले बाणगंगा नगरपालिमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएकोमा बधााई दिदै राष्ट्रिय स्तरमै नमुनाका रुपमा विकास गर्न सहकारीले संकलन भएको रकमलाई उत्पादनमुखी कार्यमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

बाणगंगा नगरपालिका वडा नंं ११का वडा अध्यक्ष नरेन्द्र चौधरीले संस्थामा आर्थिक कारोबार बलियो देखिएकाले निर्धक्कका साथ सहकारीमा कारोबार गर्न आग्रह गर्नुभयो । उहाले संस्थाका कर्मचारीहरुको मेहनत र लगनले नै नगरमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित हुन सफल भएको बताउनुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार समिती संयोजक चन्द्रमणी क्षेत्री, बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं संस्थाका सल्लाहकार समिती सदस्य ठगराज पौडेल , दधि स्मृती साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, सल्लाहकार बाबुराम अर्याल, संस्थाका बरिष्ठ सदस्य युवराज अर्याल लगाएतले शभकामना मन्तव्य दिनु भएको थियो । उहाहरुले सहकारीलाई सक्रिय बनाउने शेयर सदस्यको हातमा रहेको बताउदै शेयर सदस्यहरुले चाँसोका साथ सहकारीको गतिविधीलाई हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यता कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज न्यौपानेले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाले आगामी आर्थिक बर्षमा शेयर सदस्य संख्या १९८० जना बाट बृद्धि गरि २०८० पुर्याईने, शेयर पुँजी बृद्धि गरि ४ करोड ६५ लाख १२ हजार ८ सय पुर्याईने लक्ष्य रहेको बताउनु भयो । यसैगरी बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन फर्म संचालन गर्ने शेयर सदस्यलाई १० लाख सम्म लगानी गरिने, र सो लगानीको व्याज दर अरु लगानी भन्दा १ प्रतिशत कम रहेने, यस्तै संस्थाको पुर्वधार तथा संस्थागत विकास, क्षमता अभिबृति, सदस्यहरुमा उत्प्रेरणा तथा प्रोत्साहानका कार्यत्रम गरिने लगाएतका कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

उत्कृष्ट ९ जना शेयर सदस्य सम्मानित
सहकारीले आफनो १८औं बार्षिक साधारण सभाको अवसरमा ९ जना उत्कृष्ट शेयर सदस्यहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । यसरि सम्मानित हुनेहरुमा असल कर्जा सापटी कर्ताको रुपमा कपिलबस्तु नगरपालिका वडा नं.९ का बासुदेव थारु र बाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका गिता चौधरी सम्मानित हुनुभएको छ ।

यस्तै असल मासिक बचत कर्ताको रुमा बाणगंगा ११ ओदारीका सीता भण्डारी र कोपवाका पशुपति भटट्राईलाई सम्मान गरिएको हो । यसैगरी असल जोडी बचतकर्ताको रुपमा बाणगंगा ६ प्रतिडांडाका सरस्वती पन्थी र मेघनाथ पन्थी, असल बाल बचत कर्ताको रुपमा बैदौलीका दिव्य चौधरी र कोपवाका रिसव पुरी सम्मानित हुनु भएको हो भने असल दैनिक बचत कर्ताको रुपमा कटुवाका सुरेन्द्र कुमार चौधरी र सुठौलीका जानकी कुमाल नगद तथा सम्मान पत्रले सम्मानि हुनुभएको थियो ।

प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित
साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव कमल खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण भुषाल, लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन संयोजक कमल घिमिरेले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनलाई साधारण सभाले सर्व सम्मत रुपमा पारित समेत गरेको छ । कार्यत्रम सचिव कमल खनालको संचालन तथा उपाध्यक्ष मधुगौतमको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा साना बालबालिकाहरुले विभिन्न सांस्कृतिक गितमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  ८ : ११ बजे