१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कांग्रेस कपिलवस्तु–१ : क्षेत्रीयदेखि पालिका सभापतिसम्म आशिष शर्माको साथ



कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. १ का क्षेत्रीय सभापति, प्रदेश सभापति र पालिका सभापतिहरुले स्वतन्त्र उम्मेद्वार आशिष शर्मालाई जिताउन लाग्ने भएका छन् । बाणगंगा–१ मा बसेको नेता तथा कार्यकर्ताहरुको बैठकले स्वतन्त्र उम्मेद्वार चुनाव चिन्ह जीप रहेका शर्मालाई सहयोग गर्ने निर्णय गरेको कांग्रेस महाधिवेशन प्रतिनिधीले जानकारी दिएका छन्। 

बैठकले कपिलवस्तु क्षेत्र नं. १ का कांग्रेस क्षेत्रीय सभापति स्वयम् अब्दुल मन्नान खाँ, क्षेत्र नं. १ प्रदेश (क) सभापति दुर्गा केसी, कांग्रेस मायादेवी गाउँपालिका सभापति शैलेन्द्र प्रसाद दुवे, नेपाली कांग्रेस सुद्धोधन गाउँपालिका सभापति विशम्भर प्रसाद कुर्मी, महाधिवेशन प्रतिनिधिहरु लगायत नेता तथा कार्यकर्ताहरुको बैठकले यस्तो निर्णय गरेको क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले जानकारी दिए । हिजाे मात्रै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको थियाे । साथै समाचार संग सम्बन्धित लिंक पनि कांग्रेस कपिलवस्तु–१ उम्मेदवार चयनबारे क्षेत्रीय सभापति मन्नान खाँ सहित असन्तुस्टी « Mayadevi Online News Portal

प्रकाशित मिति : २६ माघ २०८२ सोमबार ००:००  ८ : ५० बजे