६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

कपिलवस्तु -१ एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय



वाणगंगा ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएका छन् । बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरु आफनो उम्मेदवार जिताउन सक्रिय भएका हुन् । जेनजी युवाहरुको माग र चाहना पुरा गर्ने संकल्प एमालेसंग मात्र भएकाले युवाहरु संगठित भएका हुन् । सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं. २, ४, ५, ६, ७, ८, ९ र १० मा युवा भेला सम्पन्न गरिएको अध्यक्ष तिलक गिरीले जानकारी दिनुभयो।

युवा भेलामा वडा कमिटी गठन, वुथको वारेमा जानकारी, निर्वाचन प्रचार प्रसार तथा युवा प्रशिक्षण लगायतका गतिविधी भएको पार्टीले जनाएको छ । सिपयुक्त युवा, रोजगारी र समृद्ध समाज निर्माणमा एमालेका उम्मेदवार विश्राम प्रसाद थारीलाई मतदान भन्ने मुल नाराका साथ युवा भेला आयोजना गरिएको थियो । युवा भेलामा राष्टियता, स्वाभीमान र समृद्ध नेपालीका लागि एमाले पार्टी मात्र विकल्प भएको बक्ताहरुले जोड दिएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२ बुधबार ००:००  ९ : ०८ बजे