एजेन्सी ।
जापान एअरलाइन्सले आउँदो मे महिनादेखि टोकियोको हानेदा विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ कार्यहरूमा ‘ह्युमनोइड’ रोबोट प्रयोग गर्न शुरू गर्ने भएको छ ।
कर्मचारीहरूको कामको बोझ कम गर्ने उद्देश्यले जापान एअरलाइन्सले विमानस्थलमा दुई वर्षको परीक्षण शुरू गर्न लागेको बीबीसीले जनाएको छ ।
शुरूमा चीनमा निर्मित २ वटा रोबोटलाई कार्गो कन्टेनरहरू लोड र अनलोड गर्न तैनाथ गरिने छ । यी रोबोटहरू भविष्यमा केबिन सफा गर्न र ‘ग्राउन्ड सपोर्ट’ उपकरणहरू सञ्चालन गर्न पनि प्रयोग गर्न सकिने खबरमा उल्लेख छ ।
अहिले जापान एअरलाइन्ससँग ‘ग्राउन्ड ह्यान्डलिङ’ का लागि झन्डै ४ हजार जना कर्मचारी छन् । कम्पनीका अनुसार भविष्यमा यी रोबोटहरूलाई पूर्णरूपमा स्वायत्त रूपमा सञ्चालन गर्ने र अझ धेरै प्रकारका कामहरूमा संलग्न गराउने योजना छ ।
जापानका केही विमानस्थलहरूमा सुरक्षा गस्ती र खुद्रा बिक्रीलगायतमा रोबोटहरू पहिले नै प्रयोग भइसकेका छन् ।
‘ह्युमनोइड’ रोबोट भनेका मानिसजस्तै आकार, हाउभाउ र व्यवहार गर्न सक्ने रोबोट हुन् । यस्ता रोबोटले हिँड्न, बोल्न र मानवसँग अन्तरक्रिया गर्न सक्छन् ।







प्रतिक्रिया