बुटवल ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुइ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।
घाइते मध्य केहीको अवस्था गम्भीर रहेको छ । झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरुलाइ उद्दारगरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया