मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बुद्धभूमि’ पाठ्यपुस्तक शैक्षिक सत्र २०८३ देखि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म अनिवार्य रूपमा लागू गरेको छ।
यस पाठ्यपुस्तकमार्फत विद्यार्थीहरूले बुद्धभूमि नगरपालिकाको इतिहास, भूगोल, संस्कृति, भाषा, कला, पर्यटकीय तथा धार्मिक सम्पदा, प्राकृतिक स्रोत, स्थानीय परम्परा र सामाजिक जीवनबारे अध्ययन गर्ने अवसर प्राप्त गर्ने नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । स्थानीय परिवेशसँग जोडिएको शिक्षामार्फत विद्यार्थीमा आफ्नो क्षेत्रप्रतिको अपनत्व, पहिचान र जिम्मेवारीबोधको विकास हुने विश्वास गरिएको छ। स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्ने व्यवस्था नेपालका स्थानीय तहहरूले पनि अपनाउँदै आएका छन्।











प्रतिक्रिया