कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–१ तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब १ः४५ बजे कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले साइकलमा सवार कपिलवस्तु नगरपालिका निवासी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गद्दीलाई प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएको थियो। अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका हुन्। ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया