१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्‍यो २५ लाख



काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीले रसुवाको भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।

पार्टीले यसअघि गरेको निर्णयबमोजिम बाढीपीडितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ ।

पार्टीले भोटेकोसी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा जुट्न तथा सहयोग गर्न सिंगो पार्टी पंक्तिलाई परिचालन गरिसकेको जनाएको छ ।

यस्तै, बाढीपीडितको उद्धार तथा राहत कार्यमा हर किसिमले सहयोग, समन्वय र सहकार्य गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको पार्टी प्रवक्ता प्रकास ज्वालाले जानकारी दिए ।

पार्टीले बाढीपीडित, उनीहरूका परिवार, आफन्त तथा सरोकारवालालाई आवश्यक सम्पर्क र सूचना उपलब्ध गराउनसमेत अपिल गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८३ शुक्रबार ००:००  ५ : ३० बजे