२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

फेरी बढ्यो अण्डाको मुल्य



काठमाडौं ।
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ।

संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ। संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ। त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५५० रुपैयाँ कायम गरिएको छ। संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ।

संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५, मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ। यसअघि भदौ ४ मा अन्डाको समर्थन मूल्य तोकिएको थियो। नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठुलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ। जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ थियो। अहिले १५ रुपैयाँ बढाएर ६०५ पुर्‍याइएको छ। ठुलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० समर्थन मूल्य तोकिएको छ।

मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५५० तोकिएको छ। यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५३५ थियो।

प्रकाशित मिति : २० भदौ २०८३ शनिबार ००:००  ९ : १३ बजे