७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै




काठमाडौं ।

पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी जसपा का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ।

नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ। निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो।

यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।

निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी ९जसपा०को विधान विपरीत भएको दाबी गरिएको छ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  १२ : २७ बजे