७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

पौडेल समूहद्धारा जिल्ला सभापतिहरुको भेला आह्वान



काठमाडौँ ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ। १४ औँ महाधिवेशन निर्धारित मितिमा हुने सम्भावना लगभग टरेका बेला पौडेल समूहले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो। नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीले अगामी साउन २५ गते काठमाडौँमा बस्ने गरी भेला बोलाइएको जानकारी दिए।

उनका अनुसार भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने छ। यसका साथै क्रियाशिल सदस्यता विवाद कसरी समाधान गर्ने भन्नेबारेमा पनि भेलामा छलफल हुने उनले बताए। कांग्रेसको रामचन्द्र पौडेल समूहमा ४८ जना जिल्ला सभापतिहरु रहेका बताइन्छ। यसैबीच का‌ग्रेस महामन्त्री डा। शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताइसकेका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। उनले आन्तरिक समस्या समाधान गरेर मङ्सिरसम्ममा महाधिवेशन हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  १ : ३९ बजे