७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राष्ट्रपति भण्डारीलाई भेट्न एमाले उपाध्यक्ष रावल शितल निवास



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय हुनुभएको छ । यसैक्रममा राष्ट्रपति भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।

शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेदेखि दुई घण्टा बढी उहाँहरुबीच छलफल भएको शीतल निवास श्रोतले स्रोतले जानकारी दियो।

रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उहाँको भेटवार्ता भएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ८ : ३२ बजे