२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमाले वागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन्।

मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई नेता चयन गरिएको हो।

एमाले वागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले उनलाई दलको नेता चयन गरेको एक सांसदले बताए।

एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ। एमालेका ५५ जना प्रदेशसभा सदस्यहरु छन्।

वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको तयारी गरेपछि उनलाई कमजोर बनाउने गरी वागमतीमा दलको नेता परिवर्तन गरिएको हो।

शाक्य यसअघि नेता नेपालको समूहमा थिइन्।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ३ : ५९ बजे