२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैनः बामदेव



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्।

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन्। उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ।

ुओलीको पक्षमा लागेर केही गर्न सकिदैन, उनले भने, अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।
उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए।

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ४ : ०७ बजे