६ असार २०८३, शनिबार | Sat Jun 20 2026

संयोजकबाट कमल थापाको राजीनामा




काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन्।

थापाले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीमध्ये एकलाई लिन आग्रह गरेका छन्। साथै‚ उनले राणा वा लोहनीले पनि उक्त जिम्मेवारी नलिए पार्टीका कुनै वरिष्ठ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

‘राप्रपाको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु‚’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्‚ ‘अध्यक्षद्वय पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीमध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु।’

राप्रपाको हालै बसेको बैठकले थापाले उक्त समितिको संयोजकको जिम्मेवारी दिएको थियो।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  १ : ०१ बजे