२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

‘ओलीसँग फोटो खिच्नेले पहिले उक्साउनुभयो, अहिले धोका दिनुभयो’



काठमाडौं ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरुले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोटो खिचाउनेहरुले पनि पहिले नयाँ पार्टी गठनका लागि उक्साएको बताएका छन् ।

“अहिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला,” नेता गंगालाल तुलाधरले भने, “पार्टी गठन गर्न उक्साउने उहाँहरु नै हो । अहिले धोका दिनुभयो ।”

निर्वाचन आयोगका पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेकपा ९एकीकृत समाजवादी०का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

उनीहरुले आजै दल दर्ताको प्रमाणपत्र लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  १ : ४६ बजे