२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओलीले पार्टीलाई आफ्नो निजी कम्पनीजस्तो ठानेपछि विद्रोह गर्न बाध्य भयौँः माधव नेपाल



काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो ठानेपछि आफूहरुले बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन् ।

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले ओलीका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताएका हुन् ।

उनले भने, ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबै मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि, ओली व्यक्तिवादको घोडामा सवार भएपछि, पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेपछि, हामीहरुलाई कारबाही गरी पार्टीबाट निष्कासित गरेपछि हामीसँग विद्रोह गर्नुको विकल्प भएन ।’

प्रकाशित मिति : १० भदौ २०७८ बिहिबार ००:००  २ : ५८ बजे