काठमाडौं ।
नवगठित नेकपा एकीकृत समाजवादी ले संसदीय दल गठन गर्न आज बैठक गरेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो। बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए। नेकपा एकीकृत समाजवादी मा ५ जना स्थायी कमिटी सदस्य छन्। अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताए।
आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्। त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपाल बताउँछन्। दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उनले बताए।
राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ।







प्रतिक्रिया