१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

राष्ट्रिय युवा संघ शिवराज नगर कमिटीमा हमालको नेतृत्व



मायादेवी अनलाइन, चन्द्रौटा ।
एमाले निकट राष्ट्रिय युवा संघ शिवराज नगर कमिटीको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

शनिबार चन्द्रौटामा आयोजित भेलाले हमालको अध्यक्षतमा ४५ सदस्य शिवराज नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा एकेन्द्र घर्तीमगर, सहसचिवमा सन्तोषी थारु, कोषाध्यक्षमा सागर के.सी.खत्री, सचिवमा विष्णु भुसाल चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीले पार्टी मजबुद बनाउन संगठननको अहम भूमिका रहने बताए । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताए ।

‘जब जब राष्ट्रियतामाथी हमला हुन्छ, तब तब युवा संघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपालीहरु माथी हुने भ्रमको खेतिलाई निस्तेज पार्नेकाममा राष्ट्रिय युवा संघ नेपाल लागिपरेको छ,’ अधिकारीले भने ।

नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताए । कार्यकर्ता तथा आम नागरिकले गर्व गर्ने पार्टी भनेकै एमाले भएकाले कोहीँ छुट्टिदैमा कमजोर हुन आवश्यक नभएको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य विष्णु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पार्टी फुटाउने काम गलत भएको टिप्पणी गरे ।

नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टीलाई मजबुद बनाउ संगठनका हरेक गतिविधिहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य बलराम अधिकारी, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल लगाएत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष राम चन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजिव गहतराजले गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  ६ : १८ बजे