७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ८ : ५७ बजे