२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव खाली राखेर एमाले केन्द्रीय कमिटीको सूची प्रिन्ट



सौराहा ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले दोस्रोपल्ट केन्द्रीय कमिटीको सूची प्रिन्ट गरेका छन्। उनले गरेको प्रिन्टमा अध्यक्ष केपी शर्मा ओलीको नाम लेखिएको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवको पद मात्रै लेखिएको छ, नाम खाली छाडिएको छ।

उक्त प्रिन्टमा उपमहासचिव र सचिवको नाम उल्लेख गरिएको देखिन्छ भने केन्द्रीय कमिटीको नामावली पनि प्रिन्ट नै गरिएको छ।

उक्त प्रिन्टलाई अध्यक्ष मण्डलले फाइनल गर्ने बताइएको छ। त्यसपछि बन्दसत्रमा अध्यक्ष ओलीले पेस गर्नेछन्।

महासचिवको नाम आफैंले प्रस्तुत गर्ने ओलीको भनाइपछि उपाध्यक्षमा समेत नाम नचढाइएको हो। त,र उक्त पदमा लगभग सहमति भइसकेको ओलीनिकट नेताहरुको भनाइ छ।

शीर्ष नेताहरुले सहमति भइसकेको संकेत गरेपछि नेता र प्रतिनिधिहरु बन्दसत्र हुने हलमा प्रवेश गरिरहेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ९ : ३५ बजे