६ असार २०८३, शनिबार | Sat Jun 20 2026

विदेश जानेलाई उपत्यकाका चार अस्पतालमा जोनसन एण्ड जोनसन खोप लगाइने



काठमाडौं ।

सरकारले विदेश जानेहरूका लागि काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउन मिल्ने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज , शसस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाउन सकिनेछ।

चारवटै अस्पतालबाट एक डोज मात्रै लगाउँदा हुने जोनसन एण्ड जोनसन खोप दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा भिषा लागेको पासपोर्ट देखाउनुपर्ने छ।

प्रकाशित मिति : १२ पुस २०७८ सोमबार ००:००  २ : ५४ बजे