२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्दै भारतीय नागरिक



कपिलवस्तु ।

कपिलवस्तुमा फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्नेको बिगबिगी छ । उनिहरुले गाँउ गाँउमा खुलेयाम फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्ने गरेका छन् । यसैबीच त्यस्ता ब्यापारीलाई मौरी पालक महासघं कपिलवस्तुले कारवाही गरेको छ ।

मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण पौडेल, जिल्ला सदस्य कृष्णलाल भारती, समाजसेवी रहिश शाह लगायतको टोलिले नक्कली मह बेच्ने राजेश नेटलाई फेला पारी मह नष्ट गरि आइन्दा त्यसो नगर्न आग्रह समेत गरेको छ ।

भारत सिद्धार्थनगर जिल्ला मोहनेका राजेशले फिट्किरी र चिनिको मह बेच्दै गर्दा चन्द्रौटामा फेला परेका थिए । राजेशको साथबाट ५ लिटर अबैध मह फेला परेको थियो ।

बरामद मह स्थानीयको रोहबरमा चन्द्रौटामा नष्ट गरिएको छ । पछिल्लो समय नक्कली मह बेच्नेको विगविगी रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७८ आइतबार ००:००  ६ : १९ बजे