२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक बस्दै छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज बिहान ११ः०० बजेका लागि दलको बैठक बोलाएको हो।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८ सोमबार ००:००  ८ : २४ बजे