२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो



काठमाडौं ।

अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो।
सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो।
चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए। चैत ३ गते नवलपुरमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ३ : ३९ बजे