६ असार २०८३, शनिबार | Sat Jun 20 2026

काठमाण्डौ महानगरद्धारा ३२ विषयमा विज्ञ माग



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाको वातावरण तथा कृषि विभागले वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले विभिन्न ३२ विषयमा विज्ञ माग गरेको हो ।

महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञको सूचीतयार पार्ने निर्णय अनुसार वातावरणविद्, जी।आई।एस विशेषज्ञ, वातावरण कानुनविद्, जलवायु परिवर्तन विज्ञ, जैविक विविधता विज्ञ, वनविज्ञ, मानव तथा समाज शास्त्रीलगायतमा विज्ञ माग गरिएको हो ।

१५ दिनभित्रमा इच्छुकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८ बुधबार ००:००  ८ : ११ बजे