८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाल्पाकी बालिकालाई काठमाडौं लगेर बलात्कार गरेको अभियोगमा पक्राउ



पाल्पाबाट हराएकी एक १३ वर्षिया बालिका बलात्कृत भएको खुलेको छ । ती बालिकालाई काठमाडौं पुर्याएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
अनलाइनमार्फत चिनजान भएकी ती बालिकालाई काठमाडौँको चन्द्रगिरी नगरपालिका–८ स्थित मातातीर्थ निवासी २७ वर्षीय महेश उदासले चैत्र २९ गते पाल्पा आएर ती बालिकालाई मोटरसाइकलमा काठमाडौं लगेको खुलेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विजय थापाले जानकारी दिए ।
काठमाडौं लगेर चैत ३० गते टोखा नगरपालिका–६ बसुन्धारामा बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्तलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बिहेको प्रलोभन देखाउँदै अभियुक्तले बालिकालाई काठमाडौंसम्म लगेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ६ : ३२ बजे