२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

गुल्मीमा होटल तोडफोड गरी ६० हजार चोरी गर्ने दुईजना पक्राउ



गुल्मी ।

तीन साताअघि एक होटलबाट नगद ६० हजार चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

गुल्मी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवका अनुसार चोरी गरेको आरोपमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।

उनीहरूले गत चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरेका थिए।

उनीहरूमाथि चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको खरेलले बताए।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १ : ३० बजे