२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तुमा खाल्डोमा डुबेर ५ वर्षीय बालिकाको मृत्यु



कपिलवस्तु ।

शौच गर्न गएको बेला कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवास्थित खाल्डोमा डुबेर मंगलबार बिहान ६ बजेतिर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

मायोदबी साझेदारी वन संरक्षणकालागि बनाएको खाल्डोमा डुबेर सोमनाथ पासीको छोरी शिवानीको मृत्यु भएको हो। घर नजिकै रहेको खेतमा शौच गरेर दिसा धुनेक्रममा चिप्लीर उनी खोल्टोमा परेकी थिईन्। त्यही खाल्टोमा डबुेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकबावु श्रेष्ठले बताए।

बालिकाको निधनले बरवा गाउँ नै शोकमग्न भएको छ। स्थानीयले बालिकाको परिवारलाई साझेदारी वनले क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ५ : ५३ बजे