७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेट्यो बसाइसराइ निरुत्साहितको योजना



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममा पहाडी र ग्रामिण भेगबाट हुने बसाइसराइको प्रवृत्ति निरुत्साहित गर्न विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारले जनाएको छ ।

‘आन्तरिक बसाइसराई व्यवस्थापन, हिमाल र पहाडबाट तराईतर्फ तथा ग्रामीण भेगबाट सहरतर्फ बसाइसराईको प्रवृत्ति निरुत्साहित गर्न हाल बसोबास गरिरहेकै स्थानमा रहने वातावरण निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। जनसांख्यिक लाभको उपयोग गर्ने नीति लिइनेछ’, नीति कार्यक्रममार्फत प्रदेश प्रमुख अमिक शेरचनले भने।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : ५३ बजे