१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्थमन्त्री शर्मा विवादको भूमरीमा, गगन थापाले मागे राजीनामा



काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सिसिटिभिको फुटेज नराख्ने माथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।

उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानविनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने जिकिर गरे ।

उनले तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।

प्रकाशित मिति : २० असार २०७९ सोमबार ००:००  ८ : ३६ बजे