२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

रिडी नदीमा डुबेर एक बालकको मृत्यु



पाल्पा।

रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालको तीन वर्षका छोरा मानिस कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।

रिडी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका मनिसको उपचारका लागि पाल्पा छहरातर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  २ : ३७ बजे