२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अर्थमन्त्री शर्माको राजीनामा माग्दै युवा संघको प्रदर्शन



काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, देश डुबाउने मै हो भन !’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  ५ : २४ बजे