२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

९० केजी गाँजासहित २ भारतीय पक्राउ



पर्सा ।

प्रहरीले ९० केजी लागु औषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० के जी गाँजासमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९ बुधबार ००:००  १ : २९ बजे