२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने



काठमाडौं ।

टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसीसी०का अनुसार ट्रफी टुर आज ९शुक्रबार०बाट सुरु भएको छ ।

विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।

ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्‍याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ ।

नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९ शुक्रबार ००:००  १ : ५४ बजे