२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो



डोटी ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ । लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजो उपचारका क्रममा ज्यान गएको हो ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस हुनुभएको थियो ।

लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उहाँलाई कोहलपुर रेफर गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७९ आइतबार ००:००  ८ : २७ बजे