२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बुटवलको एक होटलमा राति युवासँग गएकी युवती झुण्डिएको अवस्थामा फेला



बुटवल ।

बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् ।
बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गयराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।

‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०७९ आइतबार ००:००  १२ : ०६ बजे