रुपन्देही ।
रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर उनकी श्रीमती घाइते भएकी थिइन्। कुटपिटबाट घाइते भएका महेशको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय सूर्यपुरले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।







प्रतिक्रिया