२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

पावर हाउसमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गयो



काठमाण्डौ ‍।

जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

राति १ बजेतिर पहिरो जाँदा पावर हाउसमा बस्दै आएका तीन जनाको ज्यान गएको हो ।

पावर हावसका चौकीदार गोरखबहादुर राउतकी श्रीमती विमला राउत, ९ वर्षका छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको ज्यान गएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सुतिरहेको बेला पहिरो गएको थियो ।

तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ८ : १२ बजे