२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

श्रीलंकाको आठौँ राष्ट्रपतिमा रणिल विक्रमसिंघे निर्वाचित



कोलम्बो ।

श्रीलंकामा रणिल विक्रमसिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन्। विक्रमसिंघेले १३४ मत पाए भने उनका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त पाए। राष्ट्रपतिमा विक्रमसिंघे‚ अल्हपेरुमा र ​वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) नेता अनुरा कुमारा दिसानायके बीच भएको थियो।

कुल २२३ सांसदले मतदान गरेका थिए भने २ जना सांसदले मतदान बहिष्कार गरेका थिए। २२३ मतमध्ये २१९ मत लाई मान्य मानिएको थियो भने चार मत अमान्य घोषित गरिएको थियो।

राष्ट्रपतिको चुनाव जितेपछि संसद्‌लाई सम्बोधन गर्दै विक्रमसिंघेले सबै पक्षलाई मिलेर काम गर्न अपिल गरे र श्रीलंकालाई यस्तो अप्ठ्याराबाट मुक्त हुन आग्रह गरे। उनले बिहीबार सबै दलहरूसँग बसेर वार्ता गर्ने पनि बताए। गोताबाया राजपाक्षे श्रीलंकाबाट भागेर राजीनामा दिएपछि विक्रमसिंघेलाई कार्यकारी राष्ट्रपति बनाइएको थियो।

विक्रमसिंघेको कार्यकाल २०२४ नोभेम्बरमा अन्त्य हुनेछ। उनले गोताबाया राजपाक्षेको बाँकी अवधि पूरा गर्नेछन्। जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले देश छोडेर माल्दिभ्सपछि सिंगापुर पुगेका थिए। यसपछि विक्रमसिंघेले अध्यक्षको जिम्मेवारी पाएका थिए।

यसअघि गोताबायाका भाइ महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको कुर्सी छाड्नु परेको थियो। त्यसपछि उनी कहाँ छन् भन्ने कुनै आधिकारिक जानकारी छैन। राष्ट्रपति भवनमा श्रीलंकाका सर्वसाधारणले आक्रमण गरेका थिए। उक्त भवन नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ३ : २६ बजे